मधेसी मोर्चा सहमतिमा आए चुनावको मिति सार्न सकिने– सभापति देउबा

काठमाडौं, वैशाख ४ । नेपाली कांग्रेसका सभापति मधेसी मोर्चा सहमति आउन सक्ने परिस्थितिमा निर्वाचनको मिति सार्न सकिने बताएका छन् । मधेशी मोर्चाका माग समेत समेटेर दुई चरणमा चुनाव गर्ने विषयमा नेपाली कांग्रेसको आधिकारिक धारणा सार्वजनिक नभएको बेला नेता देउबाले देशले निकास पाउने जुनसुकै विकल्पका लागि पनि कांग्रेस तयार रहेको बताएका थिए ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा नेता देउबाले मधेसी मोर्चा चुनाप्रति इमान्दार हुने शर्तमा मिति सार्दा फरक नपर्ने बताएका थिए । प्रधानमन्त्रीले नेपाली कांग्रेसको आधिकारिक धारणा बुझ्न देउबालाई बालुवाटार बोलाएका थिए ।
शनिबार नै नेता देउबाले मधेसका नेपाली कांग्रेसका नेताहरु छलफल गरेपछि साँझ प्रधानमन्त्री प्रचण्डसँग दुई चरणमा गरेपनि या मिति सारेपनि मुख्य कुरा मधेसी मोर्चा चुनाव आउँछन् कि आउँदैनन् भन्ने भएकोले त्यसलाई विचार गर्न अनुरोध गरेका थिए । देउबा स्वकीय सचिव भानु देउबाका अनुसार, ‘सभापतिले मधेसी दल चुनावमा आउँछन् भने केही दिन सार्न सकिन्छ, होइन निर्वाचनलाई प्रयोग मात्र गर्ने नीति हो भने ३१ वैशाखमै निर्वाचन गर्न सकिने बताउनुभएको छ ।’
प्रधानमन्त्री र देउवाबीच बालुवाटारमा आधा घन्टा कुराकानी भएको थियो । दुबै नेताहरु मधेसी मोर्चासँग फेरी वार्ता र संवादको प्रक्रिया अघि बढाएर संविधान संशोधनका लागि सहमति खोज्न सहमत भएका थिए । ‘मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनाव गर्नकै लागि संशोधन प्रस्ताव पुनः दर्ता भएको हो,’ देउवाका स्वकीय सचिव भानुले भने, ‘अझै पनि मधेसी मोर्चालाई सहमतिमा ल्याउन वार्ता र संवाद जारी राख्ने विषयमा प्रधानमन्त्री र सभापतिबीच समान धारणा बनेको छ ।’
दलहरूबीच २ नम्बर प्रदेशमा केही स्थानीय तहको संख्या बढाउनेसहितका विकल्पमा छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले भने जसरी पनि निर्वाचन गर्नुको विकल्प नभएको बताउँदै आएका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: