डिपिएलमा धनगढी टिम चौराहसामु रुपन्देहीको ९१ रनको चुनौती

काठमाडौं, चैत ४ । धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगितामा धनगढी टिम चौराहसामु रुपन्देही च्यालेन्जर्सले ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

धनगढी स्थित सेती अञ्चल प्रहरीको खेल मैदानमा टस हारेर ब्याटिङमा उत्रीएको रुपन्देही पुरै ओभरमा ६ विकेटको गुमाएर ९० रनमा समेटियो । रुपन्देहीका केसी प्रकाशले ४९ रन तथा अन्तिम थापाले ११ रन जोडे ।
धनगढीका ललित राजवंशीले ४ विकेट लिए । सौरभ खनाल र शुसान भरीले १–१ विकेट लिए ।  ९१ रनको लक्ष्य पछ्याएर धनगढी टिम चौराहले जवाफी ब्याटिङ गर्दैछ ।
आजको खेलले प्लेअफको टुङगो लगाउनेछ ।

अंक तालिकामा रुपन्देही च्यालेन्सर्ज पहिलो र विराटनगर किग्स दोस्रो हुदै प्लेअफमा पुगिसकेका छन् । बैशाख ३१ गतेसम्म संचालन हुने प्रतियोगितामा विजेता टिमले १५ लाख रुपैया पुरस्कार पाउने छ ।

कमेन्ट गर्नुहोस्