क्यान्सर बिरामीलाई सरकारले पाँच लाख दिन्छ : मन्त्री थापा

भक्तपुर, वैशाख ४ । स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने तयारी गरेको बताएका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको हालै निर्माण सम्पन्न स्मृति भवनको पहिलो र दोस्रो तलाको साँचो हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले क्यान्सरका बिरामीको सहज उपचार होस् भनेर सहयोग रकम थप गर्ने तयारी गरेको बताएका छन् ।

सरकारले विपन्न एवम् गरिब क्यान्सरका बिरामीका लागि सुरुमा रु ५० हजार सहयोग रकम दिँदै आएकामा यसलाई वृद्धि गरी हाल रु एक लाख दिँदै आएको छ ।

मन्त्री थापाले भने, “क्यान्सरको उपचार निकै महँगो छ, यसको उपचारमा सहज होस् भन्ने उद्देश्यले सरकारले कम्तीमा रु पाँच लाखसम्म सहयोग पु¥याउनुपर्छ भनेर अर्थमन्त्रालयमा प्रस्ताव पठाएका छौ, अर्थमन्त्रालयले यसलाई स्वीकृत ग¥यो भने यो सहयोग बिरामीले पाउनेछन् ।”

सरकार सकेसम्म नागरिक बिरामी हुने अवस्था नै नआओस् भनेर प्रयत्नशील रहेको चर्चा गर्दै उनले यसका लागि पूर्वाधारको तयारी, नागरिकको सहभागिता र साझेदारीका काम अगाडि बढाएको बताए ।

कमेन्ट गर्नुहोस्