चर्काे आलोचनापछि राष्ट्रपति फर्किने दिन सार्वजनिक विदा नहुने

काठमाडौं, वैशाख ४ । राष्ट्रपति विद्यादेवी भण्डारीको छिमेकी मित्रराष्ट्र भारत भ्रमण सकी फर्कीने दिनसमेत दिइएको सार्वजनिक विदा कटौटी गरिएको छ । पाँच दिने भारत भ्रमणमा रहेकी राष्ट्रपति भण्डरी भ्रमण सकेर फर्किने बेला यही वैशाख ८ गते समेत सार्वजनिक दिने निर्णय गरिएको थियो ।

गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीबाट भारतको राजकीय भ्रमणको सिलसिलामा प्रस्थानको दिन वैशाख ४ गते नेपालभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा हुनुपर्नेमा अन्यथा भएकाले संशोधन गरिएको जनाएको छ ।

यसअघि, आइतबार गृह मन्त्रालयले विज्ञप्तिमार्फत् राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्ने र स्वदेश फर्कने दुबै दिन सार्वजनिक बिदा दिने जनाएको थियो ।

राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि ३४ सदस्सीय सहितकाे नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।

राष्ट्रपति भएपछिकाे भण्डारीकाे याे नै पहिलाे भ्रमण हाे ।

 

कमेन्ट गर्नुहोस्