शिक्षकलार्इ छुट्टै निकायले हेर्नुपर्छ : मन्त्री पौडेल

काठमाडौँ, वैशाख ४ । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षकको व्यवस्थापनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने बताएका छन् ।

शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घको संयुक्त आयोजनामा भएको ‘स्थानीय तहमा शिक्षकको व्यवस्थापन’ विषयक एकदिने कार्यशाला गोष्ठीमा मन्त्री पौडेलले अन्य कर्मचारीलाई हेर्ने निकाय जस्तै शिक्षकलाई व्यवस्थापन गर्ने पनि छुट्टै निकाय हुनुपर्ने बताए ।

याे पनि पढ्नुस  शिक्षा मन्त्री र डिन अग्रबालबीच छलफल

शिक्षक सेवा आयोगलाई संवैधानिक बनाएर वा अन्य छुट्टै निकाय गठन गरेर शिक्षकको व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्दै मन्त्री पौडेलले सङ्घीय संरचनाअनुसार समग्र शिक्षाको खाका बनाइरहेकाले शिक्षक व्यवस्थापन अलि पछि परे पनि स्थानीय निर्वाचनलगत्तै अघि बढाउने बताए ।

उनले भने, “अहिले हामी सङ्घीय संरचनाअनुसार शिक्षाको खाका बनाइरहेका छौँ, त्यसले केही ढिला भएको हो तर अब स्थानीय निर्वाचनलगत्तै स्थानीय तहमा शिक्षकको व्यवस्थापन गर्छौं ।”

याे पनि पढ्नुस  नीजि विद्यालयले बढाएको शुल्क फिर्ता लिन ७२ घण्टे अल्टिमेटम, मन्त्री भन्छन्-शुल्क बढाउने विद्यालय खारेज गरिन्छ

मन्त्री पौडेलले शिक्षाको सबभन्दा नजिकको सरकार स्थानीय तह भएकाले स्थानीयस्तरको शिक्षालाई मजबुत बनाउनुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्