वैशाख १० गतेदेखि कक्षा १२ को परीक्षा सुरू

काठमाडौँ, ४ वैशाख । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) यही वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ ।

शिक्षा नियमावली आठौँ संशोधनपछि एसएलसी भनिएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्ड गठनपछि पहिलो पटक सञ्चालन हुन लागेको हो । परीक्षाको सबै तयारी पूरा भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिएका छन् ।

परीक्षामा सम्बन्धन प्राप्त क्याम्पस तथा दश जोड दुई विद्यालयका तीन लाख ५३ हजार १२ परीक्षार्थी सहभागी हुनेछन् । तीमध्ये छात्र एक लाख ७६ हजार छ सय १२ र छात्रा एक लाख ७६ हजार चार सय छन् ।

देशभर नौ सय ९० परीक्षा केन्द्र निर्धारण गरिएको छ । यसमा सबैभन्दा बढी काठमाडौँमा एक सय १० र सबैभन्दा कम मनाङ÷मुस्ताङमा एक÷एक केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा सञ्चालनमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कार्यालय सहयोगी तथा सुरक्षाकर्मी गरी ३५ हजार परिचालन हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: