पारसको क्या राम्री सोल्टीनी…

बैशाख ४ । नवगायक पारस लामाको ‘वाउ क्या राम्री सोल्टिनी मेरी’ बोलको गीत सार्वजनिक भएको छ । नेपाली नयाँ बर्ष बैशाख १ गतेको अवसर पारेर पारसले उक्त गीतलाई गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

लोकपप र शेलो शैलीको उक्त गीतले नेपाली संगीत प्रेमीहरुको मन जित्नेमा विश्वस्त रहेको गायक लामाले बताए ।

चर्चित युवा संगीतकार टंक बुढाथोकीले म्युजिक एरेन्ज तथा संगीत रहेको उक्त गीतमा ज्ञानेन्द्र थोकरको शब्द रहेको छ । गायक लामाले उक्त गीत दुबईको स्टुडियो नाइनमा रेकर्ड गराएका हुन् । गीत मिक्सिङको काम संगीतकार टंक बुढाथोकीले काठमाडौंको पुतलीसडकमा अवस्थित आफ्नै स्टुडियोमा पुरा गरेका हुन् ।

झापा स्थाई घर भएका लामा बिगत १४ बर्षदेखि रोजगारीको शिलशिलामा युएईमा बस्दै आईरहेका छन् । उनको यो पहिलो गीत हो भने चाडै नै भिडियो पनि सार्वजनिक गर्ने लामाले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: