खुल्ला नकआउट क्रिकेटको उद्घाटन खेलमा आयोजक टिम विजयी

बैशाख ४ । झापाको मेचीनगर ४ बाहुण्डाँगीमा सोमबारबाट खुल्ला नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा धाइजन क्रिकेट क्लवलाई २ विकेटले हराउदै आयोजक मेची ब्रदरहुड बिजयी भएको छ ।

टस जितेर पहिला व्याटिङ रोजेको धाइजनले १८. २ ओभरमा ७९ रन बनाएको थियो । ८० रनको लक्ष्य पछ्याएको आयोजक टिमले १७ विकेटमा आफ्नो ८ विकेट गुमाउदै लक्ष्य भट्टाएको हो । खेलको म्यान अफ दि म्याच आयोजक टिकका प्रनव शर्मा भए । उनले १७ बलमा २९ रन जोडेका थिए ।

मेची जन साधारण मावीको खेलमैदनमा सुरु प्रतियोगितामा भारतका २ सहित १६ वटा टिमको सहभागिता रहेको छ । भोलिको खेलमा सेन्ट्री क्लव सृजना चौक र फाइभ स्टार क्लव भृकुटी बिच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको बिजेताले ५० हजार ट्रफी पाउने छ भने उपबिजेताले ३० हजार नगद सहति ट्रफी हात पार्ने आयोजक समितिका असोक बस्नेतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्