आफ्ना माग पूरा गराउन आंशिक प्राध्यापक संघले ज्ञापनपत्र

काठमाडौं, वैशाख ४ । आंशिक प्राध्यापक संघले आफ्ना माग पूरा गराउन प्रजातन्त्रवादी प्राध्यापक संघसँग सहयोग मागेको छ ।

संघले त्रिचन्द्र क्याम्पसमा अन्तक्र्रिया कार्यक्रम गरेर सोमबार प्रजातन्त्रवादी प्राध्यापक संघलाई ज्ञापनपत्र बुझाएको हो । संघले हाल त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न यसअघि त्रिविका कुलपति, सहकुलपति, उपकुलपतिलगायतलाई पनि ध्याकर्षण गराएको थियो ।

आंशिक प्राध्यापक संघले त्रिविमा सेवा प्रवेशको बिन्दु उपसचिव स्तरको उपप्राध्यापकलाई घटाएर शाखा अधिकृतस्तरको सहायक प्राध्यापक बनाएकोप्रति पनि आपत्ति जनाएको छ ।

शैक्षिक गुणस्तर कायम गर्न त्रिविको सेवा प्रवेश उपसचिव तहको उपप्राध्यापक नै हुनुपर्ने मागसमेत गरिएको संघका सदस्य नारायण कोइरालाले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्