मन्त्री लेखक भन्छन्–‘मधेसी मोर्चा र एमालेले पहाडी मधेसीमा विष छरे’

डोटी, बैशाख ५ । ‘पहाडी, हिमालीहरुमा मधेशी जनताप्रति विष छर्ने काम एमालेले गरिरहेको छ, मधेसी मोर्चाले पहाडी जनताप्रति मधेसी जनतामा बिष छर्ने काम गरिरहेका छन्, यसले राष्ट्रियतालाई कमजोर बनाएको छ ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले मंगलबार डोटीमा प्रभात शैक्षिक तथा धार्मिक महोत्सवको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । उनले दुवै दलले हिमाली, पहाडी र मधेसीहरूवीच द्वेष फैलाएको आरोप लगाए । मन्त्री लेखकले एमालेले पहाड र मधेसी मोर्चाले मधेसको राजनीति गरेका कारण मूलुकको राष्ट्रियता कमजोर बनेको बताए ।

डोटीको आदर्श गाउँपालिकामा रहेको प्रभात माबिमा मंगलबारबाट शैक्षिक मेला सुरु भएको हो । यसैबीच मन्त्री लेखकले प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चा चुनावमा आउन तयार भएका खण्डमा दुई चरणमा चुनाव गर्न सकिने बताए ।

‘निर्वाचन आयोग र सरकार निर्वाचनका लागि तयार भइसकेको छ’ उनले भने,’ ‘त्यो भन्दा पछि निर्वाचन सार्न सकिने अवस्था छैन तर प्रदेश नं. २ का सवालमा मधेशी मोर्चा निर्वाचनमा आउने निश्चित भएमात्र अर्को चरणमा निर्वाचन गर्न सकिन्छ ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: