काठमाडौंका श्रेष्ठ दम्पत्तीबाट क्यान्सर अस्पताललाई ४ करोड सहयोग

क्यान्सरका बिरामीको उपचारका लागि सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं, वैशाख ५ । काठमाडौका एक दम्पतिले क्यान्सर अस्पताल निर्माणका लागि चार करोड रुपैयाँ दान सहयोग गरेका छन् ।

सोमबार काठमाडौं बागबजारका ८८ वर्षीय चिनिकाजी र पत्नी शान्तादेवीको ४ करोड सहयोगमा क्यान्सर अस्पतालमा शय्या थप गरिएको हो ।

स्वास्थ्यमन्त्री गगन थापाले सोमबार आयोजित कार्यक्रममा श्रेष्ठ दम्पतीको ४ करोड सहयोग र अन्य दाताबाट संकलित ९० लाखमा निर्माण भएको स्मृति भवन उद्घाटन गरे । थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने तयारी गरेको बताए । सरकार सबै नागरिकको स्वास्थ्य बिमा गरी क्यान्सर, मिर्गौला, मुटुलगायत जटिल प्रकृतिका रोगको निस्शुल्क उपचार गर्ने विधेयक तयार गरी संसदबाट पारित गर्ने अवस्थामा रहेको मन्त्री थापाले बताए ।

श्रेष्ठ दम्पतीको सहयोगमा नवनिर्मित भवनको पहिलो तलामा २ अप्रेसन कक्ष, दोस्रो तलामा जनरल वार्ड र सुपर डिलक्स वार्ड निर्माण भएका हो । श्रेष्ठ दम्पतीले नवनिर्मित भवनको भुईं तलाको फल्स, सिलिङ, बिजुली जडान तथा अस्पतालका अधिकांश भवनमा रङरोगनका लागि सहयोग गरेका हुन् ।

देशभरका क्यान्सरका बिरामीलाई गुणस्तरीय सेवा पुर्‍याउँदै आएको अस्पताललाई दाता र सरकारी सहयोग वृद्धि गराउँदै अझै सेवा विस्तार र विकास गर्नुपर्नेले बताए । अस्पतालले सोमबार उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ । कार्यक्रमम मन्त्री थापाले दाता श्रेष्ठ दम्पतीलाई कदरपत्रले सम्मानसमेत गरे ।

कमेन्ट गर्नुहोस्