राष्ट्रपतिलाई भारतीय विदेशमन्त्री र गृहमन्त्रीको प्रश्न- स्थानीय तह निर्वाचन के हुँदैछ ?

काठमाडौं, वैशाख ५ । भारत सरकारले नेपालमा घोषणा भएको स्थानीय तहको चुनावबारेमा चासो व्यक्त गरेको छ । नेपालमा आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचन घोषणा भएको छ ।

भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भारतीय राष्ट्रपति भवन पुगेका बिदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले निर्वाचनको तयारीबारे जानकारी मागेको भ्रमण टोलीमा सहभागी परराष्ट्रमन्त्री प्रकासशरण महतले जानकारी दिए । राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटमा राखिएको जिज्ञासाको जवाफ दिदै मन्त्री महतले सबैको भावना समेटेर चुनाव गर्ने तयारी तीव्र पारिएको बताए ।

संविधान जारी गर्दा र भएपछिका दिनमा नेपालको राजनीतिमा प्रत्यक्ष चासो राखेको नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले निर्वाचन आउन २६ दिनमात्र बाँकी रहेको समय, निर्वाचनको तयारी, दलीय सहभागिता लगायत बिषयमा जिज्ञासा राखेको थियो । यसैबीच, भारतीय बिदेशमन्त्री स्वराजले भारतीय सहयोगमा नेपालमा निर्माणाधिन परियोजनाहरु छिटो सम्पन्न होस् भन्ने चाहेको बताएकी छन ।

राष्ट्रपति भण्डारीसँगको भेटमा विदेशमन्त्री स्वराजले नेपालमा २०७२ सालमा भुकम्पपछिको पुननिर्माणका लागि भारतको सहयोगमा बनिरहेको परियोजनाहरु समयमै सम्पन्न होस भन्ने पक्षमा भारत सरकार रहेको बताइन । परराष्ट्रमन्त्री महतकाअनुसार, स्वराजले ती परियोजना बारे १–१ महिनामा सम्बन्धित अधिकारीबाट जानकारी लिने गरेको र त्यसको विवरण प्रत्येक तीन महिनामा प्रधानमन्त्री मोदीलाई दिने गरेको जानकारी दिइन । दुई पक्षीय विकास परियोजनाहरु छिटो सम्पन्न् होस भन्नेमा प्रधानमन्त्री मोदीको पनि विशेष चासो रहेको स्वराजको भनाई थियो । जवाफमा मन्त्री महतले यसतर्फ नेपाल सरकारको पनि तादरुकता रहेको उल्लेख गर्दै दुई पक्षीय संयन्त्रले काम र रिपोर्टिङ गरिरहेको जानकारी गराए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: