वैशाख २७ गतेदेखि मतदाता परिचयपत्र वितरण

काठमाडौं, वैशाख ५ । वैशाख २७ गतेदेखि चुनावको अघिल्लो दिनसम्म मतदाता परिचयपत्र वितरण गरिने भएको छ । निर्वाचन आयोगले मतपत्र र मतदाता परिचयपत्र तयारीको काम अन्तिम चरणमा बताउँदै आगामी वैशाख २७ गतेदेखि सो मतदाता परिचयपत्र वितरण गर्न लागिएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिएका छन् ।

मतपत्र र मतदाता परिचयपत्र छपाइ धमाधम भइरहेको भन्दै आयोगले मतपेटिका र आवश्यक सामग्री पनि जिल्ला–जिल्लामा पुर्‍याउने काम गरिरहेको छ ।

मतदाताले आफ्नो मतदाता परिचयपत्र आफ्नो निर्धारित् मतदान केन्द्रबाट लिन सक्ने जनाइएको छ ।

वैशाख ३१ गते हुने मतदानका लागि मुलुकभर १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता रहेका छन् । निर्वाचनका लागि २१ हजार मतदान केन्द्र तोकिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: