मधेशी मोर्चा पनि निर्वाचनमै आउँछन् : पोख्रेल

रोल्पा, बैशाख ५ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री शंकर पोख्रेलले मधेशी मोर्चा पनि स्थानीय निर्वाचनकै पक्षमा आउने बताएका छन् ।

प्रेस चौतारी नेपाल रोल्पाले लिबाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पोख्रेलले स्थानीय निर्वाचनका लागि मधेशी दलहरुले विरोध गरेपनि मधेशका जनताले निर्वाचन चाहिरहेकाले मधेसीमोर्चा पनि निर्वाचनमा आउने विश्वास व्यक्त गरे ।

याे पनि पढ्नुस  तिमिल्सिनाद्वारा एमाले पोलिटब्युरो सदस्य बाट राजीनामा

२०७० सालको संविधान सभाको निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी पार्टी पनि अहिलेको स्थानीय निर्वाचनमा आउन लागेको उदाहरण दिदैं निर्वाचनमा सहभागी हुनुको विकल्प नभएको समेत उनले स्पष्ट पारे । जनताले निर्वाचन चाहेकाले सरकारले तोकिएकै समयमा निर्वाचन गराउन खुट्टा कमाउन नहुने उनले बताए ।

याे पनि पढ्नुस  एमालेद्वारा मेची महाकाली अभियान तीन दिनलाई स्थगित

अर्को प्रशङ्गमा एमाले नेता पोख्रेलले सरकारले अनावश्यक रुपमा संविधान संशोधनको प्रस्ताव दर्ता गरी लामो समय राजनीतिक बहसमा खेर फाल्ने काम गरेको बताए ।

कमेन्ट गर्नुहोस्