काठमाडौंमा मेयरका लागि विवेकशील नेपालबाट २१ बर्षिया दर्शना

काठमाडौं, वैशाख ५ । अहिले राजनीतिक दलहरुले धमाधम मेयर तथा उपमेयरका लागि उम्मेदवार छान्ने काम भइरहेको छ । त्यस्तै हिजो मात्रै राप्रपाले उम्मेदवार घोषणा गरेको ग¥यो भने आज विवेकशील नेपाली दलले उम्मेदवार घोषणा गरेको छ ।

विवेकशील दलले काठमाडौं महानगरपालिकाको मेयरका लागि २१ वर्षीया रन्जु दर्शनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । योसँगै दर्शनाले पनि उम्मेदवारी घोषणा गरेकी छन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशील नेपाली दलकी रन्जु दर्शनाले उम्मेदवारी घोषणा गरेकी छन् । सम्भवत यो पटकको चुनावमा २१ बर्षिया दर्शना सबैभन्दा कान्छि हुन् ।

उक्त दलले उपमेयर, वडाध्यक्ष र सदस्यको उम्मेदवार भने घोषणा गरेको छैन् । केही समयपछि घोषणा गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्