नौ दिनसम्म चलेकाे बिस्केट जात्रा सम्पन्न

भक्तपुर, वैशाख ५ । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने विस्केट जात्रा आजबाट सम्पन्न भएको छ ।

विक्रम संवत्अनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नववर्षको चार दिन अघिदेखि तान्त्रिक बिधि अनुसार प्रारम्भ गरि वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ ।

चैत २८ गतदेखि भैरबको रथ तानेर सुरु भएको यो जात्रा नौ दिन पछि रथ तानेर नै सम्पन्न हुन्छ ।

काठैकाठले निर्मित तीनतले भैरवनाथको यस रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई बिराजमान गराई परम्परा अनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेर सम्पन्न गरिएको छ । रथबाट भैरबको मूर्तिलाई तान्त्रिक बिधी अनुसार द्यो छेँ अर्थात देवता घर भित्र्याए पछि जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।

जात्रा स्थलमा ११ सय भन्दा बढी प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ ।

जात्राको सुरुको दिन रथ तान्ने क्रममा मध्यरातीसम्म ढुङ्गा हानाहान हुँदा १२ जना घाइते भएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: