बालुवाटारमा कांग्रेस, एमाले, राप्रपा र फोरमको बैठक बस्दै

काठमाडौं, वैशाख ६ । प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी एमालेलगायतका दलहरुलाई वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बालुवाटार बोलाएका छन् । मधेसी मोर्चाले संविधान संशोधनको दोश्रो प्रस्तावमा समेत असहमति राखेर आन्दोलनको घोषणा गरेपछि चुनाव र मोर्चाका मागहरुका बारेमा सहमति खोज्ने प्रयासस्वरुप प्रधानमन्त्रीले बैठक बोलाएका हुन ।

अहिले बिहान ९ बजे देखि शुरु हुने बैठकमा नेपाली कांग्रेस, एमाले, राप्रपा, फोरम लोकतान्त्रिकका नेताहरु सहभागी हुने सचिवालयले जनाएको छ । आजको बैठकमा चुनावको तयारी अन्तिम चरणमा पुगेको बेला मधेसी मोर्चा र अन्य दलहरुले आन्दोलन सुरु गरेपछिको परिस्थितिका बारेमा छलफल हुने छ ।

यसका साथै दुई नम्बर प्रदेशमा चुनावको मिति सार्ने या नसार्ने विषयमा समेत आज सहमति गरिने सम्भावना रहेको छ । प्रधानमन्त्री प्रचण्डले चुनाव हुनेमा शंका नगर्न बारम्बार बताउँदै आएका छन् । जसरी पनि चुनाव गराइ छाड्ने र मधेसी मोर्चालाई समेत चुनावमा ल्याउन सरकारले हदैसम्मको प्रयास गरिरहेको उनले बताएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: