घोडेटारमा पहिलो पटक बस सेवा सञ्चालनमा

भोजपुर, वैशाख ६ । भोजपुर–घोडेटार सडकखण्डमा मङ्गलबार ४५ किलोमिटर दूरीमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिए ।

बस पुगेपछि त्यहाँका स्थानीयवासीले अबिरजात्रा गरी स्वागत गरेका थिए । बस सञ्चालनमा आएपछि स्थानीय भने हर्षित भएका छन् ।

सोही सडकखण्डमा दैनिक एउटा बस सञ्चालन गरिनेसमेत अध्यक्ष मोक्तानले बताए । केही महिनाअगाडि सञ्चालनमा ल्याउने भनिएको बस बेमौसमी वर्षाका कारण प्रभावित भएको थियो ।

कमेन्ट गर्नुहोस्