दुर्घटनामा चालकको मृत्यु, एक यात्रु घाइते

लहान, वैशाख ६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित सडकमा काठमाडाै‌ँबाट कांकडभिट्टा यात्रु ल्याउँदै गरेको ना६ख ४९७७ नंको फिफा बस बुधबार बिहान यात्रुवाहक बस पुलमा ठोक्किँदा चालकको मृत्यु भएको छ भने एक यात्रु घाइते भएका छन् ।

अनियन्त्रित भई सडक छेउमा रहेको पुलमा ठोक्किएर पल्टिदाँ बसका चालक ३५ वर्षीय श्याम ढकालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । बसमा सवार ३३ जनामध्ये ललितपुर नख्खु–१४ निवासी ३२ वर्षीय सुरेश देवकोटा घाइते भएको र उहाँको विराटनगरस्थित भूमिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्