काठमाडौं, बैसाख ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बिहिबार विर्तामोड जाने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गढ झापामा प्रधानमन्त्रीले माओवादी केन्द्र झापाले गर्न लागेको आमसभालाई सम्बोधन गर्न जान लागेका हुन् ।
जिल्लाले गर्न लागेको कार्यक्रममा प्रधानमन्त्रीेले सम्बोधन गर्न जाने भएपछि सबै खर्च पार्टीले व्योहोर्ने भएको छ । झापा एमाले अध्यक्ष ओलीको गृह जिल्ला हो ।
यसअघि पनि प्रधानमन्त्रीले झापामा कृषि सुपरजोनको उद्घाटन गरेका थिए । स्थानिय निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचनमा होमिन झापामा प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई निर्देशन दिने पनि जनाइएको छ ।