धादिङ्गमा नयाँ शक्तिको सिंगो गाऊँपालिका माओवादी केन्द्रमा

धादिङ, वैशाख ६ । धादिङ जिल्लाको थाँक्रे गाउँपालिकामा नेकपा माओवादी र नयाँ शक्ति नेपाल पार्टीबीच एकीकरण भएको छ ।

गाउँपालिका स्तरीय पार्टी एकीकरण कार्यक्रममा माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जमकट्टेलले हिजोसँगै थियौं, आज फेरि सँगै छौं, टुटफुटमा रमाउनेहरु हाम्रो एकताले डगमगाउने बताएका छन् ।

याे पनि पढ्नुस  नेत्रावती अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी

जमकट्टेलले थाँक्रे गाउँपालिकामा एकीकरण भयो, अब छिट्टै अन्य गाउँपालिकामा पछि स्थानीय तहको चुनाव अगावै पार्टी एकीकरण हुने दाबी गरेका छन् ।

बुधबार माओवादी केन्द्र थाँक्रे गाउँपालिकाको कार्यालय महादेवबेसीमा भएको कार्यक्रममा प्रमुख अतिथि शालिकराम जमकट्टेल र विशेष अतिथि नयाँ शक्ति केन्द्रीय परिषद सदस्य चन्द्र तामाङ रहेको थियो ।

याे पनि पढ्नुस  धादिङमा १०५ किलो चरेससहित ३ जना पक्राउ

पार्टी एकीकरण भएपश्चात् नयाँ शक्ति केन्द्रीय परिषद सदस्य चन्द्र तामाङ, थाँक्रे गाउँपालिका संयोजक तथा केन्द्रीय सदस्य जंगबहादुर तामाङ, केन्द्रीय परिषद सेते तामाङ, श्रृजना तामाङ, युवा केन्द्रीय सदस्य राजु तामाङ लगायत सयौंको संख्यामा नयाँ शक्तिको नेपालका कार्यकर्ताहरु माओवादी केन्द्रमा सहभागी भएका छन् ।

याे पनि पढ्नुस  धादिङकाे नाैबिसे केन्द्र भएर ११ मिनेटकाे अन्तरमा २ पटक भूकम्प

केन्द्रीय परिषद सदस्य चन्द्र तामाङले थाँक्रेमा अब नयाँ शक्ति नरहेको बताउँदै मुलुकको आर्थिक समृद्धि र परिवर्तन माओवादी केन्द्रबाटै सम्भव हुने भएकोले पार्टी एकीकरण गरिएको बताएको छ । उनले यो एकीकरणसँगै थाँक्रे गाउँपालिका माओवादी केन्द्रमय भएको बताएको छ ।

कमेन्ट गर्नुहोस्