२०७३ को अन्तिम साँझलाई अविस्मरणीय बनाउन मिसेज क्विन नेपाल–२०१७

काठमाडौं, वैशाख ६ । गत चैत ३१ गतेका दिन २०७३ सालको अन्तिम साँझलाई अविस्मरणीय बनाउने हेतुले इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले गत चैत ३१ गते लाजिम्पाटस्थित होटल र्‍याडिसनमा सौन्दर्य प्रतियोगिता, म्युजिकल कन्सर्ट तथा फेसन शोलाई एउटै मञ्चमा पालैपालो प्रस्तुत गर्ने काम गरेको थियो ।

कार्यक्रमको सुरुवातमा अविवाहित नारीहरुमा केन्द्रीत सौन्दर्य प्रतियोगिता–मिस क्विन नेपाल २०१७, जसमा १७ जना प्रतिस्पर्धीले भाग लिएका थिए ।

उक्त प्रतियोगितामा बालिका अधिकारीले मिसेज क्विन नेपालको उपाधि प्राप्त गरिन् ।

पूर्व मिस नेपाल उषा खड्गीको कोरियोग्राफीमा सञ्चालित मिसेज क्विन नेपाल सम्पन्न भएलगत्तै गायक सविन राई फराओ ब्यान्ड सहित मञ्चमा देखा परे ।

उनले करिब एक दर्जन गीत सुनाए । कार्यक्रमको उत्तराद्र्धमा रमिता भण्डारीको कोरियोग्राफीमा मोडलहरूले विविध पहिरन प्रदर्शन गरेका थिए ।

उक्त कार्यक्रम अन्ततः डिजे सेसनमा परिणत भएको थियो ।

कमेन्ट गर्नुहोस्