राष्ट्रपति भण्डारीको भारत भ्रमण सफल रह्योः प्रकाशशरण महत

काठमाडौं, वैशाख ६ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारतको राजकीय भ्रमण अत्यन्त फलदायी रहेको बताएको छन् ।

राष्ट्रपति भण्डारीको औपचारिक भारत भ्रमण सकिएपछि बुधबार बिहान स्वदेश फर्किएका मन्त्री महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग दुई देशबीचको सम्बन्ध सुधारका लागि राष्ट्रपति भण्डारीको भ्रमण फलदायी भएको दावी गरे ।

भ्रमणका क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताले नेपालले संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गरिरहेका प्रयासप्रति सद्भाव प्रकट गरेको मन्त्री महतको भनाई रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: