विराटनगर किङ्स डीपीएल क्रिकेटको फाइनलमा, रुपन्देही २९ रनले पराजित

कैलाली बैशाख ६ । विराटनगर किङ्स धनगढीमा जारी धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

प्ले अफअन्तर्गत भएको पहिलो क्वालिफायर खेलमा रुपन्देही च्यालेन्जर्सलाइ २९ रनले पराजित गर्दै शरद भेषावकर नेतृत्वको विराटनगर फाइनल पुगेको हो ।

खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन जोड्यो ।

विराटनगरका लागी आसिफ शेखले सर्बाधिक ३६ रन जोड्दा शरद भेषावकरले २४ रन बनाएको थियो । रुपन्देहीका लागी कप्तान शक्ति गौचनले ३ विकेट लिए ।

जवाफमा १२९ रनको लक्ष्य पछयाएको रुपन्देहीले निर्धारित ओभरमा ९९ रन मात्र बनाउन सक्यो ।

उसका लागी बिक्रम सोबले २३ र पुष्प थापाले २२ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् ।
खेलमा ४ विकेट लिदै बिराटनगरको जितमा नायक बनेका शुसिल कँडेल म्यान अफ द म्याच चुनिए ।

अब रुपन्देहीले फाइनल प्रबेशका लागि एलिमिनेटर खेलको बिजेतासँग प्रतिष्पर्धा गर्ने छ ।

प्रतियोगिताको एलिमिनेटर खेलमा अहिले पारस खड्का नेतृत्वको टिम चौराहा धनगढी र बसन्त रेग्मीको काठमाडौं गोल्डेन्स भिड्दै छन ।

यो खेलको पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: