ख्रीस्टियन समुदायको सुरक्षा गर्न सरकारसँग माग

काठमाडौँ, वैशाख ६ । देशभरका मण्डली तथा ख्रीस्टियन र ख्रीस्टियन समुदायको सुरक्षाको सुनिश्चितता गर्न सरकार माग गरेको छ । बुधबार एक विज्ञप्ति प्रकाशित गर्र्दै राष्ट्रिय ख्रीस्टियन महासङ्घ नेपालले खिस्टियनहरुमाथि विभिन्न समयमा आक्रमण भइरहेकाले सरकारले दोषीउपर कारवाही गरिनुपर्ने बताएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सिबी गहतराजले
महासङ्घका कार्यालय सचिव सन्तोष खड्कामाथि ललितपुरमा गोली प्रहारको घटनामा राज्य र प्रहरी प्रशासनले कुनै चासो नदिएको तथा मानवअधिकारवादी मुखमा बुझो राखी चुपचाप बसेकाप्रति असन्तुष्ट व्यक्त गरेका छन् ।

उनले सरकारले यस्तै वेवास्ता गरिनै रहे आफूहरुको सुरक्षाका लागि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । उनले मानवअधिकारवादीले अपराधी पत्ता लगाउन तथा कारबाहीको दायरामा ल्याउन दबाब नदिएमा आयोगको कार्यालयमा धर्ना दिइने पनि बताए ।

ललितपुर मानभवनस्थित महासङ्घको कार्यालयबाट घरतर्फ जाँदै गर्नुभएका खड्कामाथि यही वैशाख ३ गते साँझ अज्ञात समूहले गोली प्रहार गरेको थियो । उनको अवस्था अहिले गम्भीर रहेको महासङ्घले जनाएको छ ।

यही वैशाख ५ गते नेपाल क्याथोलिक सम्प्रदायको ललितपुरको धोबीघाटस्थित चर्च परिसरमा एउटा गाडी र दुई मोटरसाइकलमा आगो लगाई क्षति पु¥याइएको जानकारी पनि महासङ्घले दिएको छ ।

कमेन्ट गर्नुहोस्