कान्ती बाल अस्पतालमा डाक्टरमाथि विरामीका आफन्तले गरे हातपात

काठमाडौँ, बैशाख ६ । महाराजगन्जस्थित कान्ति बालअस्पतालका आवासीय डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेका छन् ।

विरामीका आफन्तले आफ्नो बिरामी बच्चालाई वेवास्ता गरेको भन्दै अस्पतालको अभ्जरभेसन कक्षमा डा. मुकुन्द देवमाथि हातपात गरेका हुन् ।

हातपात गर्ने व्यक्ति फरार छन् भने बिरामी बच्चा र अन्य आफन्तलाई अस्पतालमै राखिएको छ।

मानसिक अपांगता भएका दुई वर्षीय एक बालकले फिँज काड्न थालेपछि उनका आफन्तले डाक्टरलाई तत्काल डाकेका थिए । सोही बेला डा. देवले अर्को बच्चालाई जाँच गरिरहेकाले केही ढिलो भएको र उनीमाथि एक्कासी हातपात भएको अर्का डाक्टर ड्युटी डाक्टर दीपक मिश्रले जानकारी दिएकाछन् ।

डा. मिश्रका अनुसार ती दुई बर्षीय बच्चाको पहिला नै एमआरआई गर्दा दिमागको विकास नभएको देखिएको थियो ।

अस्पताल प्रशासनले हातपात गर्ने व्यक्तिको खोजी र घटनाको अनुसन्धान गर्न प्रहरीलाई बोलाएको छ। अहिले प्रहरीले घटनाको छानबिन गरिरहेको छ । चिकित्सकहरुले दोषीलाई चाँडै पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्