सबै मिली निर्वाचनमा जुट्नुपर्छ : गृहमन्त्री निधि

पोखरा, वैशाख ६ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तहको निर्वाचनका लागि सबै दल जुट्नुपर्ने बताएका छन् ।

एक दिने पश्चिमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको समापनका अवसरमा बोल्दै गृहमन्त्री निधीले निर्वाचनमा सबै दल, मतदाता र कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति दिन सरकार तयार रहेकाले यो महत्वपूर्ण अवसर गुम्न नदिन सवैसँग आग्रह गरेका छन् ।

याे पनि पढ्नुस  गृहमन्त्रीसँग ओलीले भने-‘कार्यकर्ताको चित्त बुझाउन संशोधन राष्ट्रघाती भनियो’

वैशाख ३१ गतेका दिन एकैचरणमा निर्वाचन सम्पन्न गर्न सरकार तम्तयार रहेको उल्लेख गर्दै मधेसी मोर्चा पनि सहमतिमा आए दुई चरणमा पनि निर्वाचन गर्न सकिने उनले धारणा व्यक्त गरे ।

मन्त्री निधिले निर्वाचनको मिति कुनै हालतमा सर्दैन भन्दै असन्तुष्ट दलहरुलाई पनि वार्ता गरेर सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी गराए ।

याे पनि पढ्नुस  मतदानका दिन सुरक्षा व्यवस्था कडा

गृहमन्त्री निधीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकाय अहोरात्र खटिरहेको बताए ।

गोष्ठीमा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

याे पनि पढ्नुस   देउवाजीले राजीनामा दिन आवश्यक छैन : विमलेन्द्र निधि

कमेन्ट गर्नुहोस्