भारतमा बस दुर्घटना, ४४ जनाको मृत्यु

वैशाख ६ । भारतको उत्तरी हिमालयन क्षेत्रमा बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

पहाडी अफ्ठ्यारो बाटोबाट गहिरो खोंचमा बस खसेका कारण उद्धारमा कठिनाइ भएको घटनास्थलमा पुगेको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

हिमाञ्चल प्रदेशअन्तर्गत् पर्ने सिम्लाका जिल्ला आयुक्त रोहनचन्द ठाकुरले प्रारम्भिक विवरणअनुसार अहिलेसम्म ४४ जनाको मृत्यु भएको खबर प्राप्त भएको उनले जानकारी दिएका छन् ।

घटनामा परी अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीले जनाएका छन् ।

बुधबार दिउँसो ५६ जना यात्री लिएर गइरहेको बस टोनस नदीमा खसेको रोहनले जानकारी दिए ।

हिमाञ्चल प्रदेशको राजधानी सिम्लादेखि धेरै दुर्गम क्षेत्रमा पर्ने गुमा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: