निर्वाचन जसरी नि हुन्छ : सन्चारमन्त्री

मोरङ, वैशाख ६ । सूचना तथा सन्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले सरकारको ध्यान वैशाख ३१ मै स्थानीय तहको निर्वाचन गर्नेमा केन्द्रित रहेको बताएका छन् ।

मोरङको उर्लाबारीमा बुधबार नेकपा माओवादी केन्द्र नगर कमिटीले आयोजना गरेको चुनावी प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका नेतासमेत रहेका कार्कीले सरकारको अहिलेको प्राथमिकता निर्वाचन रहेको बताए ।

केही शक्ति अहिले पनि निर्वाचन नगराउने षड्यन्त्रमा लागिरहेको भन्दै मन्त्री कार्कीले भने–‘निर्वाचनपछि गाउँगाउँमा अधिकार पुग्ने भएपछि निर्वाचन रोक्न खोजिँदैछ । तर, सरकारले जसरी भएपनि निर्वाचन गराएरै छाड्छ ।’

अहिले पनि मधेसी मोर्चालाई सहमतिमा ल्याएर एकै चरणमा निर्वाचन सम्पन्न गराउने प्रयास भइरहेको बताउँदै उनले मोर्चा सहमत भए संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ लैजान सरकार तयार रहेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: