कराेडाैं राजश्व घाेटाला गर्ने काेसी यातायात व्यवस्था कार्यालयका प्रमुखसहित पाँच कर्मचारी निलम्वित

इटहरी, वैशाख ६। विगत पाँच वर्षअघिदेखि यातायात कार्यालय कोसी इटहरी कार्यालयले राजस्व हिनामिना गर्दै आएकाले सँलग्न पाँच जनालाई निलम्बन गरिएको छ । राज्यलाई हानी नोक्सानी पु¥याएको भन्दै सो कार्यालयमा कार्यरत कार्यालय प्रमुखसहित पाँचजना कर्मचारीलाई निलम्वित गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतामा यातायात व्यवस्था कार्यालय कोसी इटहरीले कम्तीमा रु ५७ करोड राजस्वको हिनामिना गरेको भन्दै त्यसको छानविन एवम् कारबाहीका लागि कार्यालयमा छापा मारी त्यहाँ भएका सम्पूर्ण कागजात नियन्त्रणमा लिई शाखा सिल्ड गरेको छ ।

याे पनि पढ्नुस  हट्यो जनताको सास्ती, अनलाइनबाटै भर्नुस् लाइसेन्स फर्म

मन्त्रालयले त्यस कार्यालयका प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापाल सुरेश अधिकारी, लेखापाल रुद्रप्रसाद दाहाल र अर्का कर्मचारी नायब सुब्बा टीका बास्तोलालाई निलम्वन गरेको अख्यितार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

रासस

कमेन्ट गर्नुहोस्