‘रातो घर’को दोश्रो ट्रेलर सार्वजनिक, यस्तो छ ट्रेलर (भिडियो सहित)

काठमाण्डौ, वैशाख ६ । आगामी जेठ १९ गते रिजिलको मिति तय गरेको नेपाली कथानक चलचित्र ‘रातो घर’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनबीच चलचित्रको दोश्रो ट्रेलर सार्वजनिक गरिएको हो ।

सुरज सुब्बा ‘नाल्बो’ निर्देशित ‘रातो घर’ अघिल्लो बर्ष नै रिलीजको चर्चा थियो तर रिलिज भने भएको थिएन । यसै प्रशंगमा चलचित्रका निर्देशक नाल्बोले पहिले विदेशमा रिलीज गर्नको लागि नेपालमा रिलीज ढिलो गरिएको बताए । नाल्बोले लगानी सुरक्षित गर्नको लागि पहिले विदेश प्रदर्शन गर्नुपरेको खुलाए ।

मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको रातो घरका प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको ‘रातो घर’मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ ।

‘रातो घर’मा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर लगायतको अभिनय रहेको छ । चलचित्रले ‘कालो काम गर्नेको सेतो कथा’ भन्ने नारा बोकेको छ ।

यस्ताे छ ट्रेलर

कमेन्ट गर्नुहोस्