साँझ ६ बजेबाट मुग्लिन सडक सञ्चालनमा

चितवन, वैशाख ६। नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा रहेको झर्न लागेको अवस्थामा देखिएको ढिस्कोका कारणा आवत जावत बन्द भएको सो खण्डमा सकड अहिले साँझ ६ बजेबाट सुचारु भएको छ ।

ढिस्कोको ६० प्रतिशत भाग झारिएपछि सडक सुचारु भएको हो ।

सडक विस्तारका लागि पहाड काट्दै गरेको ठाँउमा ठूलो चट्टानसहितको पहिरो खस्न लागेपछि आज बिहान १० बजेबाट सडक रोकेर सो पहिरो खसाल्ने प्रयास भइरहेको थियो ।

नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार साँझ करिब ५ बजे ढिस्कोको ठूलो हिस्सा खसालेपछि बाटो खुलाइएको हो ।

व्रेकरको सहायताले दिनभरको प्रयासमा साँझ ढिस्को झार्न सफल भएको उनले बताए । बाँकी भाग झार्ने प्रयास भइरहेको भन्दै झार्न नसकिए पनि सडक सफा गरी साँझ ६ बजेबाट दुईतर्फी सडक सञ्चालन गरिएको बताए ।

कुनै पनि बेला ढिस्को झरेर दुर्घटना हुन सक्ने भन्दै आयोजनाले ढिस्को नझारेसम्म सडक सञ्चालन नगर्ने सूचना यसअघिनै गरेको थियो ।

ढिस्कोको मुख्यभाग खसेपछि खतरा टरेको खनालले बताए । सोही ठाउँमा गएको चैत २१ गते दुई जनाको ज्यान जानेगरी पहिरो खसेको थियो ।

कमेन्ट गर्नुहोस्