‘जोनी जेन्टलम्यान’ को गीत ‘तिमीविना मान्दैन’ को भिडियो सार्वजनिक

काठमाडौं, वैशाख ७ । नेपाली चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत ‘तिमीबिना मान्दैन’ को भिडियो आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो ।

गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनय देख्न पाइन्छ ।

यो गीतको भिडियो भारतको विभिन्न ठाउँमा छायांकन गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको छ ।

म्युजिक भिडियो निर्देशन गर्दै आएका नितिन चन्दले यो चलचित्र निर्देशन गरेका हुन् । आफ्नो चलचित्र आगामी १९ जेठबाट दर्शकमाझ आउने निर्देशक चन्दले पत्रकार भेटघाटमा जानकारी गराए ।

यस नेपाली चलचित्र ‘जोनी जेन्टलम्यान’ प्रेमकथामा आधारित रहेको उनले जानकारी गराए ।

कार्यक्रममा अभिनेता पल शाहले यो चलचित्रमा आफू जोनीको भूमिकामा रहेको बताए । अघिल्लो चलचित्रभन्दा यसमा आफ्नो भूमिका पूर्ण फरक भएको उनले बताए ।

जोनी जेन्टलम्यानलाई एन्ड्रेउ पौडेल, अजय मल्ल ठकुरी र सन्जु शाहले निर्माण गरेका हुन् ।

जसमा केशव थापा र सरिता राँचलको नृत्य निर्देशन, रूपेश थापाको छायांकन रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: