५० वर्ष पुग्दै अक्षय, यस्तो छ जन्मदिन मनाउने योजना

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार ५० वर्षको पुग्न लागेका छन् । २०१७ को ९ सेप्टेम्वरमा अक्षय कुमार ५० वर्ष पुग्न लागेका हुन् । बलिउडका अभिनेतामा यसअघि सलमान खान, साहरुख खान र अमिर खान बर्ष ५० को क्लबमा सामेल भइसकेका छन्।

याे पनि पढ्नुस  अक्षय बने उत्कृष्ट नायक, सामाजिक सञ्जालमार्फत खनिए अक्षयमाथि दर्शक

आफ्नो ५० औं जन्मदिन भने अक्षयले कुनै ठुलो पार्टी नगर्ने भएका छन् । भारतीय पत्रिकाको दावी अनुसार उनी तडकभडक गरेर भन्दा आफ्नो परिवारसंग
कतै बाहिर गएर मनाउने सोचमा छन् ।

अक्षयले आफ्नो जन्मदिन सादा ढङ्गले मनाउन चाहेपनि आफ्नो सासु डिम्पल कपाडियाको जन्मदिन भने धुमधामसंग मनाउने योजना भएको बताइएको छ । खबरका अनुसार ८ जुनमा अक्षय सासुको लागि एक खास कार्यक्रमको तयारीमा छन्।

कमेन्ट गर्नुहोस्