विद्युत सर्टबाट आगलागी, आठ लाखको क्षति भएको अनुमान

झापा, चैत ७ । झापाको दमक नगरपालिका–७ स्थित भेसराज घिमिरेको घरमा बिहीबार बिहान आगलागी हुँदा रु.आठ लाखको क्षति भएको छ ।

बिहान करिब १ः२० बजे विद्युत सर्ट भई आगलागी हुँदा घिमिरेको टिनको छाना भएको एकतले घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीबाट रू.आठ लाखको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

दमक नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा बिहीबार बिहान करिब २ः२५ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: