निर्वाचनका लागि माेरङमा चार हजारभन्दा बढी कर्मचारी खटिने

विराटनगर, वैशाख ७ । स्थानीय तहको निर्वाचनका लागि मोरङमा चार हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् ।

यस जिल्लाको ६६९ वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्नका लागि चार हजार १४ जना कर्मचारी खटिने पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराउनुभयो ।

याे पनि पढ्नुस  कांग्रेसमा उम्मेदवार चयनको अन्यौल कायमै, एमालेमा विवादका बीच टुंगो तर दर्जनौको मन दुःखाई

मोरङका पाँच लाख ६३ हजार ८७० जना मतदाताका लागि ३०० स्थानमा ६६९ वटा मतदान केन्द्रको स्थापना गरिएको हो ।

जिल्लाका १७ वटा स्थानीय तहअन्तर्गत विराटनगर उपमहानगरपालिकामा वैशाख ३ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना भइसकेको छ र आठवटा नगरपालिका र आठवटा गाउँपालिकाका लागि भोलि (शुक्रबार)नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख सञ्जेलले जानकारी गराउनुभयो ।

याे पनि पढ्नुस  शेखर, महेश र मीनेन्द्रलाई पछार्दै मोरङमा वाम गठबन्धन अगाडि

वैशाख ३१ गते निर्वाचन सम्पन्न गर्ने उद्देश्यले निर्वाचनको तयारीलाई समेत तीव्रता दिइएको छ । सोअन्तर्गत निर्वाचनमा खटिने कर्मचारीको सूची तयारी भइरहेको छ भने मतदाता शिक्षा कार्यक्रमका लागि आवश्यक झोला, मतदाताको नामावली, मतदाता पुस्तिका, पर्चा पोस्टरलगायत आवश्यक कागजात निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट प्राप्त भएको सो कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस  चुनावमा भोट हाल्न आफ्नै गाउँ फर्कन थाले

कमेन्ट गर्नुहोस्