औपचारिकरुपमा पाँच मधेसी दल एकताबद्ध भएको घोषणा

काठमाडौं, वैशाख ७ । मधेसी मोर्चामा आबद्ध सात मधेसवादी घटकमध्ये पाँच दलबीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ ।

अमृतभोग पार्टी प्यालेस कालिकास्थानमा भएको एक कार्यक्रमबीच पार्टी एकताको औपचारिक घोषणा गर्दै पार्टीको चिह्न र झन्डा ‘छाता’ सार्वजनिक गरेको छ ।

तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच एकता भएको हो ।

पार्टीको अध्यक्ष महन्थ ठाकुर रहने भनिए पनि दोस्रो तहको वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने निर्णय भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: