म्यादी प्रहरीको तलब ५५ दिनको ५१ हजार

काठमाडौं, वैशाख ७ । सरकारले म्यादी प्रहरीको तलव भत्ता तोकेको छ । बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पाउने भएका छन् भने पोशाक भत्ताको लागि छुट्टै ७ हजार १ सय रुपैयाँ पाउनेछन् ।

मन्त्रिपरिषदले गरेको निर्णय अनुसार म्यादी प्रहरीको तलव भत्ता तथा सेवा सुविधा तोक्दै चुनावमा खटिँदा सात दिन उनीहरुलाई एकदिन २ सय ५० रुपैयाँका दरले भत्ता उपलब्ध गराइनेछ । चुनावभरीका लागि एकदिनको २ सय ५० रुपैयाँको खाजा खर्च पनि दिइने सरकारले जनाएको छ ।

चुनावका बेला कुनै दुर्घटना भएमा २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । त्यस्तै १ लाख ५० हजारको स्वास्थ्य बिमा पनि गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: