मधेसीले गरे फेरि संसद बहिष्कार

 काठमाडौँ,  वैशाख ७ । मधेस केन्द्रित दल आबद्ध सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् ।

संसद्को बैठक सुरु हुने बित्तिकै सांसद अकवाल अमशद साहले मधेसी जनताको माग र भावनालाई सरकारले सम्बोधन गर्न नचाहेको र अधिकार दिन नचाहेको भन्दै गुनासो गरे ।

याे पनि पढ्नुस  सदनमा गर्ने व्यवहार पनि थाहा छैन एमालेलार्इ : उपप्रधानमन्त्री निधि

संविधान निर्माणको क्रमदेखि नै आफूहरुले उठाउँदै आएका मागमाथि पटक पटक धोका भएको र सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव अपूर्ण रहेको उनले बताए ।

उनको सो धारणालगत्तै मधेस केन्द्रित दलका सांसदहरुले बैठक बहिष्कार गरेका थिए ।

निर्वाचनको वातावरण बनाउन आग्रह

व्यवस्थापिका–संसद्को आजको शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्याका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए ।

याे पनि पढ्नुस  सप्तरी घटनाले मध्य तथा पूर्वी तराई तनावग्रस्त

उनीहरुले सरकारबाट यही वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा राजनीतिक समस्या समाधान गरी निर्वाचनको वातावरण बनाउन आग्रह सबैसँग गर्नुभयो । यसरी आग्रह गर्नेमा शिवचन्द्र चौधरी, सकलदेव सुतियार थिए ।

कमेन्ट गर्नुहोस्