राप्रपाले गर्याे संघर्षका कार्यक्रम स्थगित

काठमाडौं, बैशाख ७ । पार्टीको विधानको प्रस्तावना र उद्देश्यमा रहेको शब्द निर्वाचन आयोगले हटाएको भन्दै आक्रोशित बनेको राप्रपा आफ्नो अडानबाट पछि हटेको छ ।

राप्रपाले बिहीबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन हालको मुख्य एजेन्डा भएकाले अहिले यी मागहरुलाई थाती राख्ने निर्णय गरेको बताएको छ ।

स्थानीय तहको निर्वाचन राप्रपाको मुख्य एजेण्डा भएको, निर्वाचन सुनिश्चितता पार्टीको प्राथमिकता भएको तथा निर्वाचन आयोगले पार्टीको माग बमोजिमको विषय हाल कार्यान्वयन नगर्ने निर्णय गरेको तथ्यसमेत दृष्टिगत गर्दै पार्टीले संचालन गर्ने संघर्षको कार्यक्रम अहिलेलाई स्थगित गरेको जनाएको छ।

यद्यपि पार्टीको विधान संशोधन गर्ने निर्वाचन आयोगको निर्णय पूर्ण रुपमा नसच्याइएसम्म राप्रपाको विरोध जारी रहने छ र आगामी चुनावमा समेत यो विषयलाई सशक्त ढंगबाट उठाइने विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ राप्रपाले जारी गरेको विज्ञप्ती

कमेन्ट गर्नुहोस्