पहिरामा पुरिएर तीनको मृत्यु

कालीकोट, वैशाख ७ । स्थानीय लालीघाट बजारमा आज साँझ आएको पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको छ ।

पहिराले चियापसलमा चिया खान बसेका दुई र पसल सञ्चालकको मृत्यु भएको अस्थायी प्रहरी चौकी हुल्मका प्रहरी हवल्दार सुरेन्द्र थापाले जानकारी दिए ।

अहिले पनि पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । शव पहिराबाट निकाल्न नसकिएको र उनीहरुको सनाखत पनि हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: