फोरम लोकतान्त्रिक र थरुहट तराई पार्टीबीच एकीकरण

काठमाडौं, वैशाख ७ । विजयकुमार गच्छदारले नेतृत्व गरेको पार्टी फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम थारुले नेतृत्व गरेको थरुहट तराई पार्टी एकीकरण भएको छ ।

एकीकरणपछि पार्टीको नयाँ नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ भनिने बताइएकाे भएपनि महाधिवेशनपछि मात्र नेपाल लोकतान्त्रिक पार्टी राख्ने सहमति भएको सांसद रामजनम चौधरीले जानकारी दिए ।

जनताको हितका लागि फुटेरभन्दा पनि जुटेर काम गर्नुपर्ने मनसायका साथ पार्टी एकीकरण भएको थरुहट तराई पार्टी नेपालका महासचिव मीनराज चौधरीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: