एमाले बाहिर बसेर पनि प्रचण्डलार्इ सहयाेग गर्छ : ज्ञवाली

काठमाडौं, बैशाख ७ । एमाले सचिव प्रदिप ज्ञवालीले चुनाव गराउन कुनै बाधा, अड्चन र अप्ठ्यारो आए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले काँध थाप्ने बताएका छन् ।

बिहीबार राजधानीको रिपोटर्स क्वलवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै
सचिव ज्ञवालीले ‘अहिले सरकारमा सहभागी हुने आफ्नो पार्टीको कुनै चाहना नरहेको भएपनि यति सरकार अझ भन्नुपर्दा ‘प्रचण्डजीलाई कुनै बाधा भए बाहिर बसेर हामी उहाँलाई सहयोग गर्छौं ।’ उनले आफ्नो पार्टीको ध्यान पूर्ण रुपमा चुनावमा केन्द्रित रहेको स्पष्ट पारे ।

अहिले सरकारमा सहभागी हुने आफ्नो पार्टीको कुनै चाहना नरहेको जिकिर गर्दै भने, ‘हामी अहिले सरकारमा सहभागी हुँदैनौं, तर प्रचण्डजीलाई कुनै बाधा भए बाहिर बसेर हामी उहाँलाई सहयोग गर्छौं ।’ उनले आफ्नो पार्टीको ध्यान पूर्ण रुपमा चुनावमा केन्द्रित रहेको पनि स्पष्ट पारे ।

याे पनि पढ्नुस  एमाले वरिष्ठ नेता नेपालसहित आठ सांसद सम्मानित

उनले चुनाव कुनैपनि हालतमा बैशाख ३१ गते नै हुनुपर्ने बताउँदै ‘दुई चरणमा निर्वाचन हुने भन्ने कुरा जनता अलमलाउने खेल मात्रै हो ।’

ज्ञवालीले भने,‘कुनैपनि बहानामा चुनावलाई सार्न, टार्न र असफल बनाउने काम भए नेकपा एमाले त्यसको सशक्त विरोधमा उत्रिन्छ, हामीलाई यो कुरा स्विकार्य छैन्।’ उनले प्रधानमन्त्री दाहालले दुई चरणमा चुनाव गर्नेगरि अघि सारेको प्रस्तावलाई आफूहरुले अस्विकार गरिसकेको उल्लेख गर्दै उक्त प्रस्तावको अहिले कुनै अर्थ नरहेको स्पष्ट पारे ।

सचिव ज्ञवालीले मधेशी मोर्चा चुनावमा आउने कुराको ग्यारेन्टी कसले लिने भन्दै प्रश्न समेत तेर्साए । उनले भने,‘अब कुनैपनि बहानाबाजी बनाउनुहुँदैन, सरकारले अब जनतालाई अल्झ्याउने काम बन्द गर्नुपर्छ, दुई चरणमा चुनाव गर्ने भन्ने कुरा पनि जनता अलमलाउने काम हो, यो कुरा स्वयम् जनताले नै ठाडै अस्विकार गरिसके ।’

याे पनि पढ्नुस  निर्वाचन तोकीएकै समयमा हुन्छ : नेम्वाङ

उनले माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेले स्थानीय तहको निर्वाचन कात्र्तिकमा सार्नुपर्ने माग गरेको भनेर अभिव्यक्ति दिएकोप्रति टिप्पणी गर्दै भने,‘एमालेले चुनाव सार्ने कुराको कल्पना पनि गर्न सक्दैन, यो कुरा जनतालाई सोध्नुहोस्, यो निराधार र भ्रमपूर्ण अभिव्यक्ति हो ।’

। राप्रपाका प्रवक्ता भुवन पाठकले पार्टीको विधानबाट हिन्दूराष्ट्र र राजासहितको प्रजातन्त्र हटाउने निर्णयबारे निर्वाचन आयोगको पूर्नविचार गरेर स्थानीय तहको निर्वाचन नभएसम्म थाँती राखेको कुरा सकारात्मक रहेको बताउँदै आफ्नो पार्टीले निर्वाचनमा भाग लिने बताए । उनले भने,‘आयोगको निर्णय ठिक छ, तर यो निर्णय पूर्ण रुपमा सच्याउनुपर्छ, अहिले त आयोगले स्थगन् गरेको हो ।’

याे पनि पढ्नुस  एमालेद्वारा बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन

कार्यक्रम नयाँ शक्ति पार्टी नेपालका नेता देवेन्द्र पौडेलले संविधान संशोधन नभएसम्म र चुनाव चिन्ह नदिए आफ्नो पार्टीले चुनावमा भाग नलिने स्पष्ट पारे ।

उनले चुनावमा आफूहरु भाग लिने भनेर नै विभिन्न ६ बुँदे शर्तहरु अघि सारेको उल्लेख गर्दै भने,‘हामीले ७४४ वटै युनिटमा भाग लिने तयारी गरेका थियौं, तर निर्वाचन ऐन–०७३ ले दलीय चुनाव चिन्ह संसदभित्रका दललाई मात्रै दिने निर्णय गर्यो, यो निर्णय नै पूर्वाग्रही हो भनेर हामीले खारेजीको पनि माँग गरेका थियौं, अहिलेसम्म निर्णय सच्चिएको छैन ।’

कमेन्ट गर्नुहोस्