मुसहर नमूना बस्तीको दर्ता शुल्क मिनाहा

वैशाख ७ । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गरी हस्तान्तरण गरेको महोत्तरीको मुसहर बस्तीका घर–जग्गा दर्ता शुल्क सरकारले मिनाहा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नमूना मुसहर बस्तीमा रहेका ५० घर र बस्ती बाहिरका अन्य तीन घरको दर्ता शुल्क नलिने निर्णय गरेको उर्जामन्त्री जनार्दशन शर्माले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  देउवा सरकारमा थपिँदै राज्य मन्त्री, अपराह्न ४ बजे शपथ लिने

सरकारको निर्णयले दोहोरो दर्ता पक्रियामा सहज भएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । सरकारले गरेको यो निर्णयले समय र पैसा दुबै पक्षमा राहत मिलेको कटट्टेलले बताए ।

बस्तीको जग्गा पहिले धुर्मुस सुन्तली फाउन्डेशनको नामा दर्ता गरेर पुनः हरेक घरमूलीको नाममा लालपूर्जा बनाउनु पर्ने अवस्था रहेको उनले जानकारी दिए। दर्ता निःशुल्क गराउनका लागि फाउन्डेशनले भूमिसुधार मन्त्रालयमा प्रस्ताव गरेको थियो।

याे पनि पढ्नुस  धुर्मुस–सुन्तली ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माणमा व्यस्त

धुर्मुस सुन्तली फाउन्डेशनले यही बैशाख १ गते बस्ती हस्तान्तरण गरेको हो। ५३ वटा घर, सामुदायिक भवन, बाल उद्यान, मन्दिर, भ्युटावर, प्रतीक्षालय, प्रवेशद्वार, पक्की सडक, मुसहर कुल देवताको मन्दिर लगायतका संचरना बस्तीमा निर्माण भएका छन्।

घर र अन्य संरचना गरी कूल लागत पाँच करोड चार लाख रुपैयाँ रहेको फाउन्डेसनले जानकारी दिएको छ। बस्ती चार महिनामा तयार भएको थियो ।

याे पनि पढ्नुस  बाढीपीडितलाई धुर्मुस–सुन्तली ‘फाउण्डेसन’द्वारा राहत वितरण

कमेन्ट गर्नुहोस्