सरकार र मधेशी मोर्चाबीच छलफल सुरु

काठमाडौं, बैसाख ८ । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गरेको  बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी छन् ।

सरकारले दोस्रो पटक संबिधान संसोधन बिधेयक संददमा दर्ता गरेपछी मधेसी मोर्चाले सरकारको निर्णयले आफ्नो माग सम्बोधन गर्न नसक्ने भन्दै वार्ताबाट भाग्दै आन्दोलनको घोषणाा गरेको थियो । प्रधानमन्त्री प्रचण्डले स्थानिय तहको चुनावमा भाग लिन बारम्बार मोर्चालाई आग्रह गर्दै आएका छन् ।

मोर्चाले भने यसअघि निर्णय गर्दै निर्वाचनमा नजाने बताएको थियो । स्थानिय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा प्रधानमन्त्रीले कुनै पनि हालतमा निर्वाचन नरोकिने बताउँदै मधेसी मोर्चालाई पनि सहमतिमै लैजाने प्रयास गरेका हुन् ।  सरकार र मधेसी मोर्चाबीचको आजको बैठक महत्वपुर्ण रुपमा हेरिएको छ ।

कमेन्ट गर्नुहोस्