स्थानीय तहको चुनाव गर्न वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना: बास्तोला

चितवन, वैशाख ८ । अागामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनाव सफल बनाउन नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलाले वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाबाट गर्ने बताएको छ ।

सो पार्टीको ताम्सालिङ् ब्यूरोले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयन, उपलब्धिको रक्षा, विकास निर्माण, भ्रष्टाचार रोक्न जुनसुकै नाम दिए पनि यो निर्वाचनले पुरानो प्रतिक्रियावादी सत्ताको सुद्धिढीकरण मात्रै हुने भएकाले आफूहरुले विरोध गरेको बताए ।

माओवादी युद्धले उठाएका सवालको पक्षमा नेपाल कम्युनिष्ट पार्टीमात्र लागेको भन्दै उहाँले राजनीतिक समस्या समाधान तर्फ लाग्नुपर्ने विचार व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्