‘छक्का पञ्जा २’ को लाेकेशन फाइलन, गीत भने अझै फाइलन हुन सकेन

काठमाडौं, वैशाख ८ । सुपरहित नेपाली चलचित्र ‘छक्का पञ्जा’ सिक्वेलका लोकेशन हन्टिङ गरिरहेको निर्माण टोलीले दुईवटा लोकेशन फाइनल गरेको छ ।

वैशाखको दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमाको ६० प्रतिशत शुटिङ काठमाडौंमा हुनेछ भने बाँकी छायांकन काठमाडौंबाहिर हुनेछ । अहिलेसम्म सिनेमाको लागि काठमाडौं र मकवानपुरको चित्लाङ फाइनल भएको र अन्य लोकेशनहरुका बारेमा छलफल भइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।

त्यस्तै सिनेमाको लागि अहिलेसम्म दोस्रो गीत पनि फाइनल भएको छैन ।

हरिवंश आचार्य र आस्था राउतको आवाज रहेको ‘झ्याम्म, झ्याम्म’ बोलको प्रमोशनल गीत फाइनल भएको र दोस्रो गीतको खोजी जारी रहेको जानकारी छ ।

दीपाश्री निरौलाको निर्देशनमा बन्न लागेको यस सिनेमामा दीपक राज गिरी, प्रियंका कार्की, केदार घिमिरे, वर्षा राउत, स्वस्तीमा खड्का, निश्चल बस्नेत, जितु नेपाल, शिवहरी पौड्याल, ज्योत्सना योगी लगायतका कलाकारको अभिनय रहनेछ ।

अागामी असाेज ११ गतेदेखि याे चलचित्र रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्