सरकार र मधेशी मोर्चा बीचको बैठक सम्पन्न

काठमाडौं, वैशाख ८ । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आव्हान गरेको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको थियो । बैठकमा प्रधानमन्त्रीले सरकारद्वारा प्रस्तुत संविधान संशोधन विद्येयकमा सहमति गरेर आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा सहभागी हुन मोर्चाका नेताहरुलाई आग्रह गरेको थियो ।

याे पनि पढ्नुस  शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वासः प्रचण्ड

मोर्चाका नेताहरुले स्थानीय तहको चुनावभन्दा संविधान संशोधनमा मोर्चाको मूख्य चासो भएको भन्दै सरकारद्धारा प्रस्तुत प्रस्तावमा पूनर्विचार गर्न सरकारसँग आग्रह गरेको थियो ।
प्रधानमन्त्रीले मोर्चाको प्रस्तावबारे सत्तारुढ दलका नेताहरुसँगको परामर्शपछि पुनः बैठक बसेर सहमतिको प्रयास गर्ने बैठक जानकारी गराएको थियो ।

याे पनि पढ्नुस  रुकुम पुगेर प्रचण्डले दिए निर्देशन : ‘जनयुद्दकै कारण यति उपलब्धी भयो, अब चुनावको लडाईमा लाग्नुस्’

संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनमा सहमति जुटाउन दिउँसो ३ बजे सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको बैठक बसेपछि बेलुका ५ बजे सरकार र मोर्चाबीच पुनः बैठक बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठीलगायत सहभागी रहेका छन् ।

कमेन्ट गर्नुहोस्