जनकपुर व्रोडगेज रेल सेवा निर्माणको कार्य तीव्रगतिमा, भारतले दुई अर्ब सहयोग

जनकपुर, वैशाख ८ । जनकपुर व्रोडगेज रेल सेवा निर्माणको कार्य तीव्रगतिमा भइरहेको छ । भारत सरकारको २ अर्ब रुपैंयाँको सहयोग र नेपाल सरकारको अनुगमनमा व्रोडगेज रेल सेवाको निर्माण भईरहेको हो ।

भारतको जयनगरदेखि नेपालको जनकपुर बर्दिबाससम्म ७१ किलो मिटर दूरीमा व्रोडगेज रेल सेवा निर्माण कार्य जारी रहेको नेपाल रेल कम्पनीले जनाएको छ ।

अहिले रेल गुड्ने ठाउँमा पुल, टेरक, स्टेशन भवन सहितको निर्माण कार्य भइरहेको छ । रेल संचालनमा आएपछि जनकपुरमा पर्यटक बढ्ने समेत अपेक्षा स्थानीयले गरेका छन् ।

ऐतिहासिक जानकी मन्दिरको दर्शन गर्न बर्षेनी हजारौं भारतीय पर्यटक जनकपुर पुग्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्