वडाध्यक्षमा चुनाव लड्न शिक्षकले जागिर छाडे

रुकुम, वैशाख ८ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवारका लागि यहाँका एक शिक्षकले जागिर छाडेका छन् ।

जिल्लाको आठ बिसकोट नगरपालिकामा रहेको बालकल्याण मावि राडिज्यूलाका शिक्षक तारक शाहीले शिक्षण पेशाबाट राजिनामा दिएर वडा नं–९ को नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेरवारी दिनुभएको हो ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशील उहाँलाई पार्टीले सो पदकालागि छनौट गरेको पार्टीका नगरपालिका संयोजक धीरेन्द्रकुमार बटालाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: